नेविसंघले १२ औँ महाधिवेशन २०८१ पुसभित्र गर्ने

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार १६:२६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने भएको छ ।

नेविसंघको केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशन उक्त मिति भित्रै गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको मिति र कार्यतालिका भने भातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी तय गर्ने नेविसंघ मुख्यसचिव विजय खड्काले जानकारी गराए ।

यस्तै, पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि पनि सो बैठकले निर्णय गरेको मुख्यसचिव खड्काले बताए ।