समाचार
हेटौंडामा आयोजित यू–१६ साइकल दौडमा आयुस प्रथम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार आयोजित यू–१६ साइकल दौडमा आयुस दास प्रथम भएका छन् । हिमालयन राइडर्स सोसाइटी मकवानपुरले हेटौंडा–४ हुप्रचौर परिसरमा आयोजना गरेको प्रतियोगितामा आयुसले प्रथम भएका हुन् । १६ वर्ष मुनिका साइकल चालकबीच भएको प्रतियोगितामा आयुसले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रमथ स्थान हाँसिल गरेका...
बालबोध माविको अभिभावक भेला सम्पन्न
मकवानपुर । बालबोध माध्यमिक विद्यालयको ६७ औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । अभिभावक भेला हेटौंडा–१७ भुलभुलेस्थित विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो । शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम सम्पन्न भएको हो । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि...
शारदा माविले हात पार्यो शिक्षक भलिबलको उपाधि
मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न पाँचौ जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय मकवानपुरगढी–५ ले हात पारेको छ । हेटौंडाको हुप्राचौरमा सम्पन्न फाइनल खेलमा छिमेकी विद्यालय भानु मावी गढी– ३ लाई पराजित गर्दै शारदा माविले उपाधि हात पारेको हो । खेलमा शारद माविले २५–११, १९–२५ र १५–५...
रास्वपा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने गरी आह्वान गरिएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सो बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने जानकारी दिए ।...
मेटल उद्योगमा जलेर पुरुषको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक...
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिँदै
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजनामा नवनियुक्त मुख्यमन्त्री महराले शपथ लिने भएका हुन् । उनलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । माओवादी केन्द्रबाट...
आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । त्यस्तै, बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक र मध्यान्ह १२ बजे महिला तथा सामाजिक...
आज यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाले गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल नेपालमा...
एमाले बाराको अध्यक्षमा पाण्डेय
बारा । नेकपा एमाले बारा जिल्लाको अध्यक्षमा अध्यानन्द पाण्डेय विजयी भएका छन् । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पराजित गर्दै पाण्डेय अध्यक्षमा विजयी भएका हुन् । पाण्डेयले ३ सय ७७ मत प्राप्त गर्दा र सुवेदीले ३ सय ४३ मत प्राप्त गरेकी थिइन् । पदाधिकारीमा भने सुवेदीको प्यानल नै विजयी...
उपनिर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने जनाएको छ । आयोगका अनुसार, आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । यस्तै, चैत्र २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको...










