आज यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
