आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
जसअनुसार दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।
त्यस्तै, बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक र मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको बस्ने जनाइएको छ ।
यसैगरी, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र मध्यान्ह साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।
