समाचार

उपनिर्वाचन: आज उम्मेदवारको नामावली सार्वजनिक गरिने

काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आज उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ । उपनिर्वाचन कार्यतालिका अनुसार, निर्वाचन आयोगले सोमबार साँझ उम्मेदवारको नामावली गर्न लागिएको हो । यस्तै, आयोगले उम्मेदवारलाई भोलि मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको...

सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई महिला पक्राउ

कास्की । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा आइतबार बिहान कास्कीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले करिब १ तोला सुनको सिक्रीसहित नियन्त्रणमा...

नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन

काठमाडौं । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको आइतबार पदस्थापन भएको छ । पदस्थापन हुने न्यायधीशहरुमा क्रमशः अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दिपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् । जसअनुसार, कोइरालाको जिल्ला अदालत धनुषा, बुढाको जिल्ला अदालत बारा,...

मकवानपुरमा एक पुरुष मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अवस्थामा अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको हो । उक्त शव मकवानपुरको राक्सिराङ घर भएका डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले...

हतियार देखाएर साढे १५ लाख लुटियो

जनकपुरधाम । सिरहामा आज बिहान हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेको सिरहाका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै...

कांग्रेसले उपनिर्वाचन परिचालन संयोजक तोक्यो

काठमाडौं । नेपाली कांग्रेसले आसन्न हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले आगामी वैशाज १५ मा इलाम प्रतिनिधि सभा २ र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनका लागि दुई चुनाव परिचान संयोजक तोकेको हो । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बैतडी, सुनसरी, झापा, मोरङ र बर्दिया जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।...

लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन

बुटवल । लुम्बिनी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि मन्त्रिपरिषद् गठन गरेका हुन् । मुख्यमन्त्री महराले तीन जनालाई मन्त्रीमा नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य,...

शेयर बजारमा सुधारको संकेत, २२ अंकले बढ्यो नेप्से

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सुधारको संकेत देखिएको छ । पाँच दिनको ओरालो यात्रालाई ब्रेक लगाउँदै आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सुधारको संकेत देखिएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ दशमलव ७५ अकंले बढेर २०२६ दशमलव ८१ बिन्दुमा बन्द...

बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागार्इँ रहेका छन् । हुमागाईँ सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित शनिबार पक्राउ परेका हुन् । प्रहरी चौकी...