सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई महिला पक्राउ
कास्की । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा आइतबार बिहान कास्कीबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले करिब १ तोला सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले घाँटीमा लगाएको उक्त सिक्री चोरेर भागेका थिए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
