शेयर बजारमा सुधारको संकेत, २२ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०८० चैत्र २५,आईतवार १६:०९
file-photo

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सुधारको संकेत देखिएको छ ।

पाँच दिनको ओरालो यात्रालाई ब्रेक लगाउँदै आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सुधारको संकेत देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ दशमलव ७५ अकंले बढेर २०२६ दशमलव ८१ बिन्दुमा बन्द भएको हो ।

आइतबार ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।