मकवानपुरमा एक पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० चैत्र २५,आईतवार १७:५०
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अवस्थामा अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको हो ।

उक्त शव मकवानपुरको राक्सिराङ घर भएका डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक थिङ खानेकुरा मागि हिँडने गरेको बुझिएको भएपनि यद्यपि पुष्टि भइसकेको छैन ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।