लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन
बुटवल । लुम्बिनी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ ।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि मन्त्रिपरिषद् गठन गरेका हुन् ।
मुख्यमन्त्री महराले तीन जनालाई मन्त्रीमा नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।
नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।
बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
