समाचार
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि चैत्र २७ गते मंगलबार बस्ने गरी आह्वान गरिएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयले जनाएको छ । पार्टी कार्यालयका अनुसार, बैठकमा संसद्को आगामी बैठकको...
पूर्वमन्त्री अब्दुल खान चढेको जिप दुर्घटना
काठमाडौं । पूर्वमन्त्री अब्दुल खान चढेको जिप सोमबार बिहान दुर्घटनामा भएको छ । काठमाडौंबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उक्त दुर्घटनामा परेर खान, उनका चालक, स्वकीय सचिव र कम्यूटर अपरेटर घाइते भएका छन् । घाइते...
सभामुख र चार दलका नेताबीच छलफल जारी
काठमाडौं । सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबीच हाल छलफल जारी छ । छलफल सिंहदरबारमा केहीबेर अघिबाट सुरु भएको हो । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका शीर्ष दलका नेताहरूसँग...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित आइतबार देशको विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ६८ ग्राम ५० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।...
एमाले स्याङ्जाको अध्यक्षमा पुनः सूर्यप्रसाद गैह्रे
स्याङ्जा । नेकपा एमाल स्याङ्जाको अध्यक्षमा पुनः सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । एमाले स्याङ्जाको नवौं अधिवेशनबाट गैह्रे पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुले...
मनहरीका शिक्षकलाई दुई दिने शैक्षिक व्यवस्थापन तालिम
मकजानपुर । मकवानपुरको मनहरीमा दुई दिने शैक्षिक व्यवस्थापन तालिमको आयोजना गरिएको छ । तालिम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना गरिएको हो । पालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शैक्षिक व्यवस्थापन सम्बन्धि शिक्षकका लागि सो तालिमको आयोजना गरिएको हो । आज सोमबार समापन हुने उक्त तालिमको आइतबार एक कार्यक्रमबीच...
हेटौंडामा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आंचल साहित्य कला पुञ्ज मकवानपुरले पारिजात स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको हो । आगामी वैशाख ५ गते हुने उक्त प्रतियोगिताबारे आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिएकी हुन्...
मकवानपुरको बकैयामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मकवानपुर । मकवानपुरको बकैयामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको आयोजना एवम् नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२, स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोगमा भएको हो । बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा आयोजित निःशुल्क स्वास्थ्य...
आज विविध कार्यक्रम गरी घोडेजात्रा मनाइँदै
काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदैछ । आज विविध कार्यक्रमको आयोजना गरी घोडेजात्रा मनाइने भएको हो । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै...









