सभामुख र चार दलका नेताबीच छलफल जारी

तु खबर संवाददाता
२०८० चैत्र २६, सोमबार १५:२७

काठमाडौं । सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबीच हाल छलफल जारी छ । छलफल सिंहदरबारमा केहीबेर अघिबाट सुरु भएको हो ।

संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका शीर्ष दलका नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोश परियार सहभागी रहेका छन् ।