कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आह्वान गरिएको छ ।
बैठक भोलि चैत्र २७ गते मंगलबार बस्ने गरी आह्वान गरिएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।
पार्टी कार्यालयका अनुसार, बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुनेछ ।
