समाचार
राप्रपाले आज काठमाडौंमा बृहत प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले आज काठमाडौंमा बृहत् प्रदर्शनको आयोजना गर्न लागेको हो । आज अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुने...
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान बस्ने गरी बोलाइएको हो । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने...
छुरा प्रहार गरी पुरुषको हत्या, दुई जना पक्राउ
वीरगंज । धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा छुरा प्रहार गरी एक पुरुषको हत्या गरेको जनकपुर प्रहरीले जनाएको छ । हत्या हुनेमा प्रीन्सकुमार महासेठ रहेका छन् । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको...
विना निष्कर्ष टुंगियो सभामुख र शीर्ष नेताको छलफल
काठमाडौं । सभामुख देवराज घिमिरे र विभिन्न चार दलका शीर्ष नेताहरुसँग भएको छलफल विना निष्कर्ष टुंगिएको छ । सोमबार दिउँसो सिंहदरबारमा भएको छलफल निष्कर्ष विना नै टुंगिएको हो । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग...
हेटौंडामा उत्पादित गुन्द्रुकले पायो सरकारी मान्यता
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उत्पादिन गुन्द्रुकले सरकारी मान्यता पाएको छ । हेटौंडा–१२, घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता पाएको हो । लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रबिधि...
एमाले ललितपुरको अध्यक्षमा आचार्य विजयी
काठमाडौं । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । नवौं जिल्ला अधिवेशनबाट आचार्य अध्यक्षमा विजयी भएका हुन् । आफ्नो अन्य तीन प्रतिस्पर्धीलाई पराजित गर्दै आचार्य अध्यक्ष विजयी भएका हुन् । आचार्यले २२९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले...
विद्युतीय सुरक्षा दिवसको अवसरमा प्रभातफेरी
मकवानपुर । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सोमबार पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । विद्युत प्राधिकरण केन्द्रको कार्यालय दोबाटोबाट सुरु गरिएको र्याली थानाबजार, दोबाटो लागायतका बजार परिक्रमा गरि...
सुदूरपश्चिम प्रदेशः सांसद इन्दिरा गिरी पदमुक्त
धनगढी । सुदूरश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद बनेकी उनी पदमुक्त भएकी हुन् । उनी निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा सांसद पदबाट फिर्ता बेलाउन गरिएको पत्राचारका आधारमा गिरीलाई पदमुक्त गरिएको हो । गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष...
मकवानपुर प्रहरीद्वारा अवैध कुखुराका चल्ला नियन्त्रण
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले अवैध कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट २०० वटा कुखुराको चल्ला नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । पुर्व–पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले उक्त कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, बीरगंजबाट हेटौंडातर्फ...
कोशी प्रदेशः माओवादीका मन्त्रीद्वारा राजीनामा
काठमाडौं । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका छन् । सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझाउनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण...










