विना निष्कर्ष टुंगियो सभामुख र शीर्ष नेताको छलफल
काठमाडौं । सभामुख देवराज घिमिरे र विभिन्न चार दलका शीर्ष नेताहरुसँग भएको छलफल विना निष्कर्ष टुंगिएको छ ।
सोमबार दिउँसो सिंहदरबारमा भएको छलफल निष्कर्ष विना नै टुंगिएको हो ।
संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका शीर्ष दलका नेतालाई छलफलमा बोलाएका थिए ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नो अडानबाट पछि नहटेपछि छलफल निष्कर्ष विनानै टुंगिएको हो ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोश परियार सहभागी रहेका थिए ।
