राप्रपाले आज काठमाडौंमा बृहत प्रदर्शन गर्ने

तु खबर संवाददाता
२०८० चैत्र २७, मंगलवार ०८:३२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले आज काठमाडौंमा बृहत् प्रदर्शनको आयोजना गर्न लागेको हो ।

आज अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुने जनाइएको छ ।

राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने दाबीसमेत गरेको छ ।