समाचार
आज तीन संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगत तीन समितिको बैठक आज बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । यस्तै, आज गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...
भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा गएका उपप्रधानमन्त्री श्रेष्ठ आज फर्किन लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ...
नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन वैशाखमा
मकवानपुर । नेकवा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन आगामी वैशाखमा हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय गरेको हो । बैठकले अधिवेशन वैशाख १५ र १६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो । पार्टी स्थायी...
मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान...
लुटपाटमा संलग्न दुई जना पक्राउ
काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका –६ बस्ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने राजु गुरूङ रहेका छन् । उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप...
उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेकोे छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
माओवादीद्वारा बझाङ प्रदेश सभा १ मा बुढाको नाम सिफारिस
काठमाडौं । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ (१) मा जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । बुढालाई आइतबार बसेको माओवादी प्रदेशसभा पदाधिकारी बैठकले उम्मेदवार बनाउन नाम सिफारिस गरेको सो पार्टीका नेता ओमप्रकाश पुनले जानकारी दिए । बुढाको उम्मेदवारी सिफारिस भएपछि गठबन्धन दल एमाले, माओवादी र एकीकृत...
१७ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबार नेप्से सूचक १७ दशमलव ३० अंकले अंकले घट्दै २ हजार १८ दशमलव ३३ अंकमा झरेको हो । यस्तै, नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख...
अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । देशको सिन्धुली, रुपन्देही, मोरङ र सप्तरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने...









