ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र २७, मंगलवार १६:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको जनाएको छ ।

सचेतक शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेपछि उनीसहित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाईको छ ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएका छन् ।