समाचार
स्वास्थ्यकर्मी सवार ट्याक्सी दुर्घटना, बालकको मृत्यु
पोखरा । अर्घाखाँचीमा बुधबार बिहान ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्वास्थ्यकर्मी सवार ग ३ च ४५७४ नम्बरको ट्याक्सी घुम्ती–पाल्पा सडकखण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा ६ वर्षीय बालको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची भूमिका स्थान नगरपालिकाका आरम्भ क्षेत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका...
कर्णालीका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री कँडेलले बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका उनी मंगलबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए...
नेपाल प्रहरीमा कार्यरत २३ हजार ६७३ जनालाई तालिम प्रदान
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा सो संख्यामा विभिन्न तालिम प्रदान गरिएको हो । नेपाल प्रहरीमा व्यावसायीक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ ।...
अवैध लागूऔषधसहित चार जना पक्राउ
झापा । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ४ सय ८० मिलिग्रामसहित मंगलबार साँझ सोही नगरपालिका–३ सैनिक मोड बस्ने २५ वर्षीय...
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी
जनकपुर । मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक हाल जारी छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो । बैठकमा सहभागी हुन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन्...
ग्यास संघको भित्ते पात्रो विमोचन
मकवानपुर । मकवानपुर ग्यास व्यवसायी संघले नयाँ वर्ष २०८१ सालको भित्ते पात्रो विमोचन गरेको छ । ग्यास संघले मंगलबार एक कार्यक्रमबीच उक्त भित्ते पात्रोको विमोचन गरेको हो । साथै सो क्रममा शुभकामना आदानप्रदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रम मकवानपुर ग्यास व्यवसायी संघका अध्यक्ष केशव मुडभरीको सभाध्यक्ष एवम्...
लागूऔषधसहित दुई महिला पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट दुई महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत रहेका छन् । काठमाडौं महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद...
उपनिर्वाचनको आचारसंहिता लागू
काठमाडौं । आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर १ मा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका प्रवक्ता पौडेलका अनुसार,...
स्थगित प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । मंगलबार स्थगित गरिएको प्रतिनिधि सभा आज बस्ने गरी बोलाइएको हो । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । सो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने...
डढेलोमा परेर ३ जना नेपाली सैनिकको मृत्यु
काठमाडौं । डढेलोमा परेर ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । डढेलोमा परेर ४ जना घाइते भएका थिए । तीमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु...









