लागूऔषधसहित दुई महिला पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट दुई महिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत रहेका छन् ।
काठमाडौं महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
साथै प्रहरीले उनको साथबाट ६ हजार नगद रुपैयाँ पनि बरामद गरेको छ ।
यस्तै, प्रहरीले पक्राउ परेकी बस्नेतको डेराबाट डाइजेपाम ९५ एम्पुल, नुफ्रिन २४ एम्पुल र फेनारगन ४७ एम्पुल बरामद गरिएको छ भने बस्नेतको साथबाट ४ लाख १० हजार नगद रुपैयाँ बरामद गरेको जनाएको छ ।
प्रहरीले पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
