अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २८, बुधबार १५:२१

झापा । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ४ सय ८० मिलिग्रामसहित मंगलबार साँझ सोही नगरपालिका–३ सैनिक मोड बस्ने २५ वर्षीय अनिल कुमार राजवंशी र कन्काई नगरपालिका–९ बस्ने २६ वर्षीय ललित कुमार राजवंशीलाई पक्राउ गरेको हो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले झापा कै दमक नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम १ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लाम्जेल सार्की रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।