डढेलोमा परेर ३ जना नेपाली सैनिकको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २८, बुधबार ०८:३७
file-photo

काठमाडौं । डढेलोमा परेर ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।

डढेलोमा परेर ४ जना घाइते भएका थिए । तीमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।

अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त करिब ८ सय स्थानमा १२ हजार ५ सय जना सकलदर्जा परिचालित भएको प्रहरीले जनाएको छ ।