समाचार

‘सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा स्थापित गराउनुपर्ने’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनुपर्ने बताएका छन् । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार मनाइँदै गरिएको ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गर्नुका...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेका हुन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार...

मकवानपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

मकवानपुर । काठमाडौं–तराई फाष्ट ट्र्याकको सुरुङ निर्माण तथा पुल निर्माण गर्न आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले आज मकवानपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चिनियाँ चिकित्सा सहायता अभियान अन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीय र सुरुङ निर्माणमा खटिएका मजदूर...

सीता माविको कम्प्युटरको सीपीयु तोडफोड

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित सीता माध्यमिक विद्यालयको कम्प्युटरको सीपीयु तोडफोड भएको छ । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङले विद्यालयको २ थान कम्प्युटरको सीपीयु तोडफोड गरी भित्रि समान चोरी, सीपीडी संचालन चेकिङ ब्याट्री २ थान र एउटा माइक्रो फोन चोरी भएको जानकारी दिए...

हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सो पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् । केही दिनअघि मात्रै सँस्कृति, पर्यटन तथा सहकारी...

चार जना जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौंबाट आइतबार दिउँसो चार जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमतीचोक डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–२ घर भएका ४३ वर्षीय रिन्जीङ भन्ने कान्छा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी प्रभाग कपनबाट खटिएको...

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

रुपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्रामसहित गडहवा गाउँपालिका–३ बस्ने २३ वर्षीय रियाजुदिन मुसलमानलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका...

माओवादीद्वारा इलाम–२ मा धीरेन्द्र शर्माको नाम सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचन अन्तरगत उम्मेदवारमा धीरेन्द्र शर्मा तिमिल्सिनाको नाम सिफरिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी गराए । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा...

सोमबार पनि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबार १७ दशमलव ३० अंकले घटेको नेप्से परिसूचक सोमबार ६ दशमलव २६ अंकलेको घटेको हो । यसअघि आइतबार २ हजार १८ दशमलव ३३ अंकमा झरेको नेप्से आज २ हजार १२ दशमलव ७ बिन्दुमा...

बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । बैठक प्रदेश सभा सचिवालयमा केहीबेर अघिबाट सुरु भएको हो । दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको हो । ४ बजे बोलाइएको बैठक पनि झण्डै आधा घण्टा ढिला गरी सुरु गरिएको...