शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८० चैत्र २८,बुधबार १५:५८

काठमाडौं । आज बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० दशमलव ७१ अकंले घटेर २०२५ दशमलव ३० बिन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज ११ उपसूचक राताम्य भएका छन् ।

आज वि.सं. २०८० सालको अन्तिम शेयर कारोबारको दिन हो । भोलि चैत्र २९ गते बिहीबार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिइएको छ ।