हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको हेटौंडामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
भिमफेदीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०१३ प ९७५६ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौंडा–१, तिरतिरे धारास्थित दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक भिमफेदी गाउँपालिका वडा नम्वर ६, तारगाउँ बस्ने २५ वर्षीय जिनेस वाइवा र पछाडी सवार सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीय अर्जुन स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेहरुलाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागि चितवनको भरतपुरस्थित रिफर गरिएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।