प्रतिपक्ष दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक आज पनि अवरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोसपाको अवरोधपछि प्रनिधिसभा बैटक स्थगित गरिएको हो ।
बैठक आगामी वैशाख २ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए ।
त्यसलगतै सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
पछिल्लो समय प्रतिपक्षी दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर केही दिनदेखि संसद् अवरोध गर्दै आइरहेको छ ।