क्यानको केन्द्रीय सदस्यमा लामा मनोनीत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् ।
लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
क्यानको विधानमा राखेपले दुई जनालाई क्यानको केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछ ।
छुम्बीलाई राखेपको सदस्य सचिव स्तरीय निर्णयबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।