आठ जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र २८, बुधबार १६:०३
सांकेतिक तस्बिर

ललितपुर । प्रहरीले ललितपुरबाट मंगलबा आठ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्लाको गोदावरी नगरपालिका–१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियनत्रणमा लिएको हो ।

प्रहरीले रमेश समेत ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक तास बरामद गरेको छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।