राष्ट्रिय सभा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गराउनेहरुमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे रहेका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा उपाध्यक्ष पद जित्नका लागि ३० मत आवश्यक पर्छ ।
जसमा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक–एक सांसद रहेका छन् ।
