कुटपिटबाट बुबाको हत्या, छोरा पक्राउ
संखुवासभा । संखुवासभामा कुटपिटबाट एक जनाको हत्या भएको छ । जिल्लाका पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने ५० वर्षीय युवराज राईको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा मृतक युवराजका आफ्नै २८ वर्षीय छोरा सुमन राईलाई सोमबार साँझ पक्राउ गरेकोे छ ।
प्रहरीका अनुसार, उनीहरूबीच वादविवाद हुँदा सुमनले बुबालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
पक्राउ परेका सुमनमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
