सुदूरपश्चिम प्रदेशः सांसद इन्दिरा गिरी पदमुक्त
धनगढी । सुदूरश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद बनेकी उनी पदमुक्त भएकी हुन् ।
उनी निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा सांसद पदबाट फिर्ता बेलाउन गरिएको पत्राचारका आधारमा गिरीलाई पदमुक्त गरिएको हो ।
गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष रञ्जिताले चैत्र २१ गते सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएकी थिइन् ।
सभामुख भण्डारीले राजनीतिक दल सम्बन्धी ऐन ०७३ दफा ३५ बमोजिम प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाइएको जानकारी गराए ।
