कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र २७, मंगलवार ०८:२७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान बस्ने गरी बोलाइएको हो ।

बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधि सभामा विरोध गर्दै आएको छ ।

आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।