उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं । आसन्न उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ (प्रदेश १) मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ ।
आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ ।
यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ भने साँझ ५ बजे उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ ।
यसैगरी, चैत्र २६ गते अपराह्न ५ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक चैत्र २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक एवम् उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
