समाचार

अब हेटौंडामा पनि पठाओको सेवा बिस्तार हुने

मकवानपुर । अब हेटौंडामा पनि पठाओको सेवा बिस्तार हुने भएको छ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले हेटौंडासँगै देशभरका थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो । बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित उक्त सेवा हेटौंडासहित अन्य सहरमा पनि उपलब्ध गराउन लागिएको पठाओ...

इन्द्रसरोवरमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ स्थित चन्द्रगढी आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिको संयुक्त लगानीमा निर्माण गरिएको सो भवनको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर...

हेटौंडामा आजबाट जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सह–व्यवस्थापनमा हुन लागेको हो । प्रतियोगिताको आज पहिलो दिन सनसाइन इङ्लिस माध्यमिक विद्यालय...

मकवानपुरमा १०१ साना सिँचाइ योजना पूरा

मकवानपुर । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित १०१ साना सिँचाइ योजना पूरा भएको छ । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षको फागुनसम्ममा १०१ योजना सम्पन्न भएका जनाएको छ । डिभिजन कार्यालयका अनुसार, चालु आवमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य...

एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठमा हुने

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठमा हुने भएको छ । एमाले मकवानपुरको जिल्ला कमिटी बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले आगामी वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा...

१२ वर्षपछि पक्राउ परे ज्यान मुद्दाका फरार प्रतिवादी

काठमाडौं । ज्यानसम्बन्धी कसुरका फरार एक प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङ रहेका छन् । उनलाई झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, २०६८ सालमा अरुण गाउँपालिका–४ बस्ने सिताराम राईको हत्या गरेको मुद्दामा भोजपुर जिल्ला...

आज विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । यस्तै, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र बिहान १० बजे महिला तथा सामाजिक मामिला...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही देशको पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको...

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेका सो स्थानमा बाँकेकी २७ वर्षीया खानलाई सिफारिस गरेको हो । जसपाबाट समानुपातिक निर्वाचन...

बागमती प्रदेश सभाका सभामुख अमेरिका भ्रमणमा

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक अमेरिका भ्रमणमा निस्किएका छन् । सभामुख पाठक नीजि कामका लागि गएराति त्यसतर्फ प्रस्थान गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । सभामुख पाठक १० दिनको भ्रमण सकेर वैशाख ३ गते फर्कने कार्यसूची रहेको प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीले बताए । स्वदेश...