बागमती प्रदेश सभाका सभामुख अमेरिका भ्रमणमा

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार १७:२६
file-photo

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक अमेरिका भ्रमणमा निस्किएका छन् ।

सभामुख पाठक नीजि कामका लागि गएराति त्यसतर्फ प्रस्थान गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

सभामुख पाठक १० दिनको भ्रमण सकेर वैशाख ३ गते फर्कने कार्यसूची रहेको प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीले बताए ।

स्वदेश फर्किएलगत्तै प्रदेश सभाको नियमित बैठक बस्ने तयारी गरिएको पनि जनाइएको छ ।