समाचार
हेटौंडामा सहकारी लेखापालन तालिमको आयोजना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६ दिने आधारभूत सहकारी लेखापालन तालिमको आयोजना गरिएको छ । तालिम मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा बुधबारबाट सुरु भएको हो । उक्त तालिमको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उद्घाटन गरेका...
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा चालक घाइते
मकवानपुर । मकवानपुरमा स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ हेवीमा बागमती प्रदेश ०२–०३८ प ५७७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । घाइते हुनेमा स्कुटर चालक काठमाडौं महानगरपालिका वडा नं.१३ सोल्टिमोड बस्ने २५ वर्षीय सुनिल...
लुम्बिनीमा चौथो अधिवेशन बैठक आह्वान
बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन बैठक आह्वान गरिएको छ । आज दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन् । आजको बैठकमा लुम्बिनी प्रदेशका...
गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ
काठमाडौं । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेशपायल राईसहित तीन जना कलाकारलाई पक्राउ गरेको छ । उनीहरुलाई गएराति काठमाडौंको थापागाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । प्रहरीका अनुसार, मदिरा पिएर होहल्ला...
आज एकैदिन ७ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन सात वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । सो बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै, बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा...
मकवानपुर प्रहरीद्वारा ७७ लाख बराबरको अवैध सामान बरामद
मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार ७७ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नं.७ बाट ७७ लाख मुल्य बराबरको भन्सार छलिका मालसमानहरु बरामद गरेको हो । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने लोथरबाट हेटौंडातर्फ आउँदै गरेको बागमती विएडी ४३७० नम्बरको गाडीबाट उक्त मूल्य बराबरको...
आजको मौसमः चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरू र कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै देशको...
उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने गरी आह्वान गरिएको हो । यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको कांग्रेस प्रवक्ता...
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने
काठमाडौं । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकबाट उक्त निर्णय भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने र गर्नै परेमा विपक्षी गठबन्धनलाई दिने...
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशन बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने छन् ।










