नेशनल लाइफ हेटौंडाद्वारा आचार्य परिवारलाई मृत्युदाबी भुक्तानी
मकवानपुर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले बारा निवासी सुजल आचार्यको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।
कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मृतक सुजलकी आमा इश्वरीलाई ६ लाख ५४ हजार दुई सय ३५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक नेशनल कम्पनी हेटौंडाका शाखा प्रमुख नारायण कार्की र निजगढ नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीले संयुक्त रुपमा हस्तान्तरण गरे ।
आचार्यको गत माघ २१ गते मृत्यु भएको थियो । आचार्यले २०७६ जेठ ३ गते कम्पनीमा ५ लाखको बीमा गरेका थिए ।
चेक प्राप्त गरिसकेपछि मृतककी आमा इश्वरीले कम्पनीलाई धन्यवाद थिइन् ।
चेक हस्तान्तरण कार्यक्रममा मृतकका परिवार, आफन्त, स्थानीय र कम्पनीका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।
