इलाम–२ उपनिर्वाचन: माओवादीले एमालेका उम्मेदवारलाई सघाउने
काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई सघाउने भएको छ ।
आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको हो ।
माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् ।
जारी विज्ञप्तिमा इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको उल्लेख छ ।
उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
