समाचार
कर्णाली प्रदेश सभाको बैठक जारी
सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक हाल जारी छ । वीरेन्द्रनगरस्थित प्रदेश सभा भवनमा प्रदेश सभा बैठक केहीबेर अघिबाट सुरु भएको हो । उक्त बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि...
इलाम–२ को मुख्य निर्वाचन अधिकृतमा घिमिरे
इलाम । इलाम–२, उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने भोलि चैत्र २२ गते बिहीबार इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन...
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् । गत फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वास मत नलिई...
गृह मन्त्रालयद्वारा ९ जना उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तरगत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार, विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ एक जना नयाँ उपसचिव सरुवा गरिएको छ । नयाँ मन्त्रीहरु आएसँगै उपसचिवहरुको सरुवा हुने...
ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव भेटियो
चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव आज बिहान त्रिशूली नदीमा भेटिएको छ । यही चैत्र १७ गते बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो । उक्त ट्याक्सी त्रिशुलीमा...
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत्र २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति सार्वजनिक गरेका हुन् । चैत्र १५ गते राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएसँगै सो पदन रिक्त रहेको छ । रिक्त रहेको उक्त पदमा निर्वाचन...
लाइसेन्सको परीक्षा दिन आएका नक्कली परीक्षार्थी पक्राउ
मकवानपुर । यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेशले सञ्चालन गरेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट महाबौद्ध गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३३ को गगन शाही रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको...
मकवानपुरमा मयूरी दुर्घटना, नेपाली सेनामा कार्यरत दुई जना घाइते
मकवानपुर । हेटौंडा–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ मा मंगलबार मयुरी दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा खलम्जुङ मर्स्याङदी–४ घर भई नेपाली सेनाको चनमन ब्यारेक पालुङ मकवनापुरमा कार्यरत सिपाही २५ वर्षीय लिलिजङ गुरुङ र धादिङ खनियाबास–३ घर भई नेपाली...
आठ महिनामा १८१७ जुवाडे पक्राउ
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको अवधिमा १८ सयभन्दा बढी जुवाडे पक्राउ गरेको छ । प्रहरीले गत साउनदेखि फागुन महिनासम्ममा १ हजार ८१७ जना जुवाडे पक्राउ गरेको जनाएको छ । तीममध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन् । त्यहाँबाट ७७९ जना जुवाडे पक्राउ परेको...
मनहरीमा दुई दिने विद्यार्थी मूल्यांकन तथा सामाजिक परीक्षण तालिम
मकवानपुर । मकवानपुरको मनहरीमा दुई दिने विद्यार्थी मूल्यांकन तथा सामाजिक परीक्षण तालिम आयोजना गरिएको छ । मनहरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी मूल्यांकन तथा सामाजिक परीक्षणमा सुधार ल्याउन उक्त तालिमको आयोजना गरिएको हो । गाउँपालिका शिक्षा शाखाले पशुपतिनाथ माविमा आयोजित तालिममा ३२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता...










