समाचार
हेटौंडामा जीवन बीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार जीवन बीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी हेटौंडा शाखाको आयोजनामा भएको हो । कार्यक्रम ज्योति इन्स्योरेन्स हेटौंडामा कार्यरत एम.डी.आर.टी बुद्धराम श्रेष्ठ, वरिष्ठ एजेन्सी मेनेजार ङाजिलाल लामा र संघर्ष गुरुङ्गको संयुक्त सहकार्यमा भएको हो । अभिमूखीकरण...
एक सातामा २८ जनामा पुष्टि भयो कोरोना
काठमाडौं । पछिल्लो एक सातामा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो एक सातामा सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिए । संक्रमितहरुमध्ये अधिकाँश सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका व्यक्तिहरु रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, भारतमा...
गण्डकीमा मन्त्रिपरिषद् बैठक आह्वान
पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । बैठक मुख्यमन्त्री कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ । त्यसैगरी, बैठकले केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ ।
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै आज गण्डकी र कर्णाली...
स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित गरेको हो । पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गतेदेखि सञ्चालन हुने...
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने गरी आह्वान गरिएको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर...
संघीय संसद्का दुवै सदनको बैठक बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएको छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची रहेको जनाइएको...
सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइयो
धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले यही चैत्र २२ गते बस्ने गरी प्रदेश सभाको बैठक बोलाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक बोलाइएको हो । नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा...
बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्ने मन्त्रीहरुमा क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको सिफारिसमा उनीहरुलाई शपथ...
समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन दिन माग
काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदैछ । परिषद्ले उक्त पदका लागि इच्छुक व्यक्तिले आवेदन दिन माग गरेको जनाएको...










