लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०८० चैत्र ३०, शुक्रबार ०९:२०
file-photo

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।  केही दिनअघि मुख्यमन्त्री बनेका उनदे आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेश सभाका ८७ सांसद रहेका छन् । तीमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ ।