समाचार

आज एकैदिन ७ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन  सात वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । सो बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै, बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा...

मकवानपुर प्रहरीद्वारा ७७ लाख बराबरको अवैध सामान बरामद

मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार ७७ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नं.७ बाट ७७ लाख मुल्य बराबरको भन्सार छलिका मालसमानहरु बरामद गरेको हो । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने लोथरबाट हेटौंडातर्फ आउँदै गरेको बागमती विएडी ४३७० नम्बरको गाडीबाट उक्त मूल्य बराबरको...

आजको मौसमः चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरू र कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै देशको...

उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने गरी आह्वान गरिएको हो । यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको कांग्रेस प्रवक्ता...

राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने

काठमाडौं । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकबाट उक्त निर्णय भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने र गर्नै परेमा विपक्षी गठबन्धनलाई दिने...

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशन बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रसुवा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक युकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ घर भएका २० वर्षीय लाक्पा घले रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घलेले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार...

आज पनि शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । बुधबार शेयर बजार झिनो अकंले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दशमलव ४३ अकंले घटेर २००६ दशमलव ७८ बिन्दुमा बन्द भएको छ । यस्तै, आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार...

‘एसईई दिनबाट बञ्चित भएकाहरूलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट बञ्चित भएका विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था मिलाइने बताएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता गरेकी हुन् । साथै उनले एसईई परीक्षा दिन नपाएका कुनैपनि...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र मोरङ जिल्लाको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश १ किलो ५ सय ४४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो...