आज हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
साथै महाशाखाका अनुसार, देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।
