मकवानपुरका स्याङ्तान पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेबाट शुक्रबार अवैध लागूऔषध चरेशसहित मकवानपुरका एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई हाल चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारा बस्ने ३७ वर्षीय अर्जुन स्याङ्तान रहेका छन् ।
उनलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लागूऔषध चरेश ४ किलोसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उक्त स्थानमा रहेको फुड ओ क्लक क्याफेको पार्किङमा रोकी राखेको बा.१ ज ७२२६ नम्बरको ट्याक्सीलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको चरेश बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका स्याङ्तान ट्याक्सी चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।