समाचार

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारी रहेकी छन् । मंगलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको...

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो । गठबन्धनमा सहमति गरेर नै एमालेले उपाध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको उनको भनाई छ ।

निर्वाचन आयोगः अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आसन्न उपनिर्वाचनलाई लक्षित गरी मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले फागुन २९ देखि चैत्र ५ गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा सार्वजनिक गरेको हो । स्वीकृत मतदाता नामावली बमोजिम...

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, सुनसरी, कञ्चनपुर, कपिलवस्तु, झापा र बाँकेको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ६ सय १० मिलिग्रामसहित बुधबार एक युवकलाई पक्राउ...

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रदेश संसदीय दलको आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत...

प्रहरी जवान मृत अवस्थामा फेला

धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा भेटिनेमा दार्चुलाको शैल्यशिखर–९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक रहेका छन् । प्रहरी जवान सुरुज धनगढी उपमहानगरपालिका–७ स्थित मनेहरा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ...

हेटौंडामा सहकारी लेखापालन तालिमको आयोजना

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६ दिने आधारभूत सहकारी लेखापालन तालिमको  आयोजना गरिएको छ । तालिम मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा बुधबारबाट सुरु भएको हो । उक्त तालिमको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उद्घाटन गरेका...

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा चालक घाइते

मकवानपुर । मकवानपुरमा स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ हेवीमा बागमती प्रदेश ०२–०३८ प ५७७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । घाइते हुनेमा स्कुटर चालक काठमाडौं महानगरपालिका वडा नं.१३ सोल्टिमोड बस्ने २५ वर्षीय सुनिल...

लुम्बिनीमा चौथो अधिवेशन बैठक आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन बैठक आह्वान गरिएको छ । आज दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन् । आजको बैठकमा लुम्बिनी प्रदेशका...

गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

काठमाडौं । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेशपायल राईसहित तीन जना कलाकारलाई पक्राउ गरेको छ । उनीहरुलाई गएराति काठमाडौंको थापागाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । प्रहरीका अनुसार, मदिरा पिएर होहल्ला...