हेटौंडाका युवक पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–१६ शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित हेटौंडाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नमा हेटौंडा उपमहानगरपालिका–१० बस्ने २७ वर्षीय सुजन गोले रहेका छन् ।
उनलाई लागूऔषध खैरो हेरोइन करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।