ट्रक दुर्घटना हुँदा बालकको मृत्यु, ८ जना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको सनाखत भएको छैन । त्यस्तै, सोही दुर्घटनामा परेर एकै परिवारका पाँचसहित ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएको जनाइएको छ ।