दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २,आईतवार १८:१३
file-photo

काठमाडौं । भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठ रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् ।

श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ ।