गहुँ खेतमा महिलाको शव फेला
जनकपुरधाम । धनुषामा आज बिहान एक महिलाको शव फेला परेको छ । जिल्लाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । खोजतलाश गर्ने क्रममा आज बिहान गाउँनजिकै गहुँ खेतमा उनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका रहेपनि पुष्टि भइनसकेको जनाइएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
