समाचार

एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठमा हुने

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठमा हुने भएको छ । एमाले मकवानपुरको जिल्ला कमिटी बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले आगामी वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा...

१२ वर्षपछि पक्राउ परे ज्यान मुद्दाका फरार प्रतिवादी

काठमाडौं । ज्यानसम्बन्धी कसुरका फरार एक प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङ रहेका छन् । उनलाई झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, २०६८ सालमा अरुण गाउँपालिका–४ बस्ने सिताराम राईको हत्या गरेको मुद्दामा भोजपुर जिल्ला...

आज विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । यस्तै, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र बिहान १० बजे महिला तथा सामाजिक मामिला...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही देशको पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको...

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेका सो स्थानमा बाँकेकी २७ वर्षीया खानलाई सिफारिस गरेको हो । जसपाबाट समानुपातिक निर्वाचन...

बागमती प्रदेश सभाका सभामुख अमेरिका भ्रमणमा

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक अमेरिका भ्रमणमा निस्किएका छन् । सभामुख पाठक नीजि कामका लागि गएराति त्यसतर्फ प्रस्थान गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । सभामुख पाठक १० दिनको भ्रमण सकेर वैशाख ३ गते फर्कने कार्यसूची रहेको प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीले बताए । स्वदेश...

आज अन्तिम दिन पनि घट्यो शेयर बजार

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । आज साता कारोबारको पाँचौ दिन अर्थात शेयर कारोबारको अन्तिम पनि नेप्सेमा गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दशमलव ७३ अकंले घटेर २००४ दशमलव ०५ बिन्दुमा बन्द भएको छ । यस्तै आज ३०२ कम्पनीको ६९ लाख ६३...

इलाम–२ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको स्रोतले बतायो । इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक...

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ । ३२ वर्षीया मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरायसी विवादका कारण देब नरायणले मोमसरीलाई खुकुरी प्रहार...

उपनिर्वाचनः इलाम–२ मा जसपाले थेगिमलाई सघाउने

काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने भएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट...