समाचार

हेटौंडाबाट लागूऔषधसहित दुई महिला पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागऔषध गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । शुक्रबार करिब १२ किलो ९ सय ग्राम गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया...

इलाम–२ उपनिर्वाचन: माओवादीले एमालेका उम्मेदवारलाई सघाउने

काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई सघाउने भएको छ । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको हो । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी...

लाङटाङ भ्रमणको क्रममा बेलायती नागरिकको मृत्यु

रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा शनिबार एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउल रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार, मृतक पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै थिए । सो क्रममा...

नेशनल लाइफ हेटौंडाद्वारा आचार्य परिवारलाई मृत्युदाबी भुक्तानी

मकवानपुर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले बारा निवासी सुजल आचार्यको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मृतक सुजलकी आमा इश्वरीलाई ६ लाख ५४ हजार दुई सय ३५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक नेशनल कम्पनी हेटौंडाका शाखा प्रमुख नारायण...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी...

आज हेटौंडासहित यी स्थानमा विद्युत अवरुद्ध हुने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार, आज हेटौंडा, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत्...

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ (प्रदेश १) मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता हुने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ ।...

भोलि हेटौंडासहित मकवानपुरको यी स्थानमा विद्युत अवरुद्ध हुने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानमा भोलि चैत्र २४ गते विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार, भोलि हेटौंडा, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका...

मकवानपुरको बकैयामा निःशुल्क स्वास्थ्य शिविर सुरु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत् स्वास्थ्य शिविर आजबाट सुरु भएको छ । उक्त शिविर वीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंले आयोजना गरेको हो । बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा आयोजित निःशुल्क स्वास्थ्य शिविर नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२ स्थित निको अस्पताल प्रालिको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खोटाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले खोटाङबाट एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, परियारले ती...